प्रत्यक्ष छोडेर नेता देवकरण कलवार समानुपातिकमा सिफारिस

२०७९ भाद्र २१ गते, मंगलवार

प्रत्यक्ष छोडेर नेता देवकरण कलवार समानुपातिकमा सिफारिस

नवलपरासी, नेपाली कांग्रेस नवलपरासी(ब.सु.प) मा सक्रिय दुई गुट छन। एक प्रदेश महामन्त्री विक्रम खनाल र अर्को केन्द्रीय सदस्य देवेन्द्र राज कण्डेल। १४औ महाधिवेशनको नतिजा अनुसार जिल्लामा विक्रम गुट बलियो हुँदै गए संगै सो गुटलाई कम्जोर पार्न चलखेलहरु बढेका छन। एक कांग्रेस कृयाशिलको भनाई अनुसार विक्रम गुटले राजनितीमा मध्यम वर्गको प्रतिनिधित्व गरेको र वर्षै देखि जरा जमाएर बसेका सामन्तहरुले निम्न/ मध्यम वर्गबाट उठेको नेतृत्वलाई समाप्त पार्नका लागि नेपाली अर्बपती विनोद चौधरीलाई यस क्षेत्रबाट सिफारिस गराएको बताए। जिल्ला कार्यसमितीको अधिवेशन सम्म नेता देवकरण कलवार र विक्रम खनालको सहकार्य थियो। अचानक गुट परिवर्तन गरि देउवा गुटबाट केन्द्रीय सदस्य निर्वाचन लडेका देवकरणले फेरि टिकट सिफारिसमा नया मोड दिएका छन, एक नम्बरमा प्रत्यक्ष तर्फ सिफारिस भएका देवकरण कलवारले प्रत्यक्ष छोडेर अचानक समानुपातिक एक नम्बरमा बस्नुले केन्द्रीय सदस्य देवेन्द्र राज कण्डेल संग मिलेर विनोद चौधरीलाई स्थापित गरि यसै क्षेत्रका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई विस्थापित गर्ने षड्यन्त्रलाई मलजल गरेको छ।
यस क्षेत्रका कांग्रेस कार्यकताका अनुसार आगन्तुक नेतृत्वलाई न स्वीकार्ने तथा निम्न/मध्यम वर्गको प्रतिनिधीका रुपमा उदयमान नेतालाई पछाडी पार्न कस्सिने लेन्डुपहरुलाई कार्यकर्ताले ठेगान लगाउने बताउछ्न। नेता विक्रम खनाल गुट निकट एक नेताका अनुसार विनोद चौधरीको सम्भावना यश क्षेत्रबाट नरहेको र टिकट विक्रम खनाललाई दिने सहमती केन्द्रीय स्तरमा भै सकेकाले हल्लाको पछाडी नलाग्न र अतिरन्जित नगर्न सुझाए।नेता विक्रम खनाल शेखर समुहमा प्रभावशाली नेताका रुपमा चिनिन्छन।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal